प्रदेश–२ को राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज, ४ माघ । प्रदेश नम्बर २ को राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा प्रदर्शन सुरु भएको छ वीरगञ्जमा प्रदेशको राजधानी हुनुपर्ने माग गर्दै बिहीबारदेखि बन्द आव्हान गरिएपछि सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ सरकारले बुधबार अस्थायी राजधानी जनकपुरलाई तोकेको थियो । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्द आव्हान गरेको हो एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण पसल बजार सबै ठप्प पारिएको संघर्ष समितिले जनाएको छ । बन्दका कारण बिहानै देखि सडक अवरुद्ध बनाइएको छ भने प्रदर्शनकारीले ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् प्रदर्शनकारीहरुले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतो लगायतको विरोधमा नाराबाजी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?