काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।
संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । त्यसअघि सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया