अस्थायी मुकामले काँग्रेसमै पहिरो, ३५ नेताद्वारा कालोझण्डा गाडेर पार्टी छाडेको घोषणा

डोटी, ४ माघ । प्रदेश ७ को अस्थायी मुकाम धनगढी कायम गरेको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले काँग्रेस कार्यालयमा कालो झण्डा राखेका छन् सरकारले अस्थायी मुकाम धनगढी तोकेको बिरोधमा नेपाली कांग्रेसका ३५ जना नेता÷कार्यकर्ताले राजीनामा दिएका छन् पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुको भनाईं छ कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेकोमा आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?