काठमाडौं । अज्ञात समूहले संखुवासभाको मादी नगरपालिका वडा नं. ५ को कार्यालयमा आगजनी गरेको छ ।
गएराति गरीएको आगलागीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको प्रहरीको भनाई छ । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया