काठमाडौं । कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा–१० को वडा कार्यालय नजिकै आज विहान शव भेटिएको प्रहरीले जनाएको छ ।
नहरमा तैरिरहेको अवस्थामा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
युवकको पहिचान भने खुल्न खुलेको छैन् । घटनास्थलनजिकै मोटरसाइकल भेटिएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया