पूर्व डिआईजी तथा सांसद सिलवालविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी

काठमाडौं, ४ माघ । नेपाल प्रहरीले आइजीपी बढुवामा कीर्ते कागजात प्रयोगविरुद्धको मुद्दामा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी गरेको छ उनलाई सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान जारी रहेका बेला फरार भएपछि पक्राउ गर्नका लागि इन्टरपोलमार्फत सो नोटिस जारी गर्ने तयारी गरेको बताइएको छ अनुसन्धानका क्रममा रहेका अभियुक्त फरार रहेमा विश्वका प्रहरीहरुको साझा संस्था इन्टरपोल मार्फत खोजी गर्न डिफ्युजन नोटिस जारी गर्न सकिने प्रावधान छ । सिलवाल नै फरार भएपछि उनीविरुद्धको मुद्दाको अनुसन्धान प्रक्रिया नै प्रभावित हुने देखिएको छ सर्वोच्च अदालतले आइजीपी बढुवा प्रकरणमा सिलवाल र सरकारले पेस गरेका कागजातमा कार्यसम्पादन मुल्यांकनको अंक फरक फरक देखिएपछि छानविन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन आदेश दिएको छ सर्वोच्चको आदेशसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको छ । सोही क्रममा केही साताअघि परिसरले सिलवाललाई बयानका लागि उपस्थिति गराइदिन आग्रह गर्दै पत्र पठाएकोमा महानगरीय प्रहरी परिसर ललितपुरले सिलवाल फेला नपरेको व्यहोरा जानकारी गराएको छ पुस १८ गते काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गर्दै सिलवाललाई उपस्थित गराउन भनेको थियो । काठमाडौं परिसरको पत्रपछि ललितपुर प्रहरीको टोली सिलवालको खोजी गर्दा फेला नपरेपछि सोही जानकारी गराएको छ आईजीपी नियुक्तिका विषयमा अदालतमा मुद्दा हालेपनि विपक्षमा फैसला आएपछि डिआईजीबाट राजीनामा दिएर सिलवाल ललितपुर १ बाट चुनाव लडेर विजयी भएका हुन् । तर अदालतले उनीमाथि छानविनको आदेश दिएपछि उनी फरार रहेका छन् सुरुमा उनी एउटा कार्यक्रममा भाग लिन मलेसिया गएको बताइएपनि उनी मलेसियाबाट समेत गइसकेको बताइन्छ । तर, हाल उनी कहाँ छन् भन्ने एकीन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?