काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । दिउसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठनबारेको एजेण्डामाथि छलफल हुने बताइएको छ ।
बैठकमा आगामी पुस ७ गतेदेखि सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल हुनेछ पार्टी बताइएको छ । एक हप्ता अघिनै आज बैठक बस्ने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया