ओपिसी सिमेन्टको गुणस्तरका बारेमा सरकारले लिएको निर्णय सच्याउन विज्ञको सुझाव

काठमाडौं । नेपाल सरकारले ओपिसी सिमेन्टको गुणस्तरका सम्बन्धमा लिएको पछिल्लो निर्णयबाट पूर्वाधार निर्माणमा गुणस्तर कायम हुन नसक्ने हुँदा त्यसलाई सच्याउन विज्ञहरुले सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा आमन्त्रित विज्ञहरुले ओपिसी सिमेन्टका सम्बन्धमा कायम गर्न खोजिएको मापदण्ड ठीक नभएकाले त्यसलाई लागू नगर्न राय दिनुभयो ।

समितिले त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सहप्राध्यापक नुतनप्रसाद भट्टराई र प्राडा गोकर्ण मोत्रासँग ओपिसी सिमेन्टमा सरकारले कायम गर्न खोजेको मापदण्ड र त्यसबाट पूर्वाधार निर्माणमा पुग्न सक्ने असरबारे परामर्श माग गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँहरुले कामय गर्न खोजिएको मापदण्डका आधारमा सिमेन्ट प्रयोग गरी पूर्वाधार निर्माण गर्दा टिकाउ नहुने, चर्कने र फुट्ने समस्या देखिने जानकारी गराउनुभयो । उद्योगमन्त्री अध्यक्ष तथा मन्त्रालयका सचिव उपाध्यक्ष रहेको नेपाल गुणस्तर परिषद्ले ओपिसी सिमेन्टको गुणस्तर कायमसम्बन्धी निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?