सागमा सर्वाधिक स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

काठमाडौं । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै नेपालका लागि सागमा सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले ५६ लाख पाउने भएकी छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । गौरिकाले सागमा ४ स्वर्ण हात पारेकी छिन् । यो पुरस्कार बापत उनले ४४ लाख पाउने छिन् ।

यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएसँगै २ रजत जितेकी गौरिकाले थप १२ लाख रजतकाट पाउनेछिन् । यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्। गौरिकाले चार स्वर्ण जितेकाले उनले एक स्वर्ण बराबर ११ लाख पाउनेछिन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

व्यक्तिगत तर्फ कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको छैन। यसमा पनि पुरस्कार दिइए गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ ।

प्रधानमन्त्रीले गरेको घोषणा अनुसार व्यक्तिगत तर्फ स्वर्ण जित्नेले जनही ९ लाख र टिम इभेन्टमा जित्नेले ५ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?