भोलीको सार्वजनिक बिदा : १४ जिल्लामा मात्रै

काठमाडौं । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ।
बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने जनाइएको छ।  प्रदेश १ सरकारले राजपत्रमा उल्लेख भएजस्तै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिन लागेको हो ।

खासगरि उधौली र उभौली पर्व किरात समुदायले महान पर्वको रुपमा मनाउने गर्दछन् । त्यस्तै योमरि पुन्हि धान्य पूर्णिमा तथा ज्यापु दिवस विशेष गरि नेवारी समुदायले मनाउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?