१३ औं सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराईने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकविजेता खेलाडीलाई नगर परिक्रमा गराईने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ ।

नगर परिक्रमाको रुट भने तय भईसकेको छैन ।

मंगलबार सम्पन्न सागमा नेपालले कुल २ सय ६ पदक हात पारेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?