सरकारको सरप्राईज घोषणा : स्वर्ण विजेतालाई ९ लाख रुपैयाँबाट सम्मान गरीने

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएको छ ।

सरकारले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्।

यस्तै सरकारले रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण हात पारेको थियो ।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?