बैंक ह्याकिङ प्रकरणः विदेशी ह्याकर नेपाली एजेन्ट, यसरी खुल्यो कर्तुत

काठमाडौं । बैंकको सिस्टम हृयाक गरि अनलाइन मार्फत ठगी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका विशेश्वर प्रसाद तिवारी तथा सन्दीप कलवास र दोलखाका रमेश खड्का रहेका छन् । पक्राउ परेका तीनै जनालाइ महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरि आजै सार्वजनिक समेत गरिसकेको छ ।

महाशाखाका अनुसार विश्वका बिभिन्न देशहरुबाट नेपालका बैंक तथा वित्तीय संस्थाको सिस्टम ह्याक गरि लुटने गरेको तथ्य समेत पत्ता लागेको छ । साथै उनिहरुले नेपाली एजेन्टहरु समेत परिचालन गरेको पाइएको छ । त्यतिमात्र नभएर उनीहरुले अनलाइन मार्फत आकर्षक उपहार दिने भन्दै ठगि गर्ने गरेका थिए ।
नाइजेरियन तथा भारतीय नागरिकले नयाँ दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएको महाशाखाले जनाएको छ ।

साथै उक्त गिरोहले नेपालमा कृषि विकास बैंक र पानश रेमिट ह्याक गरी ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए । साथै  बैंक अफ काठमाडौं, प्रभु वैंक, मेगा बैंक, हिमालयन, सनराइज, सिटिजन लगायतका बैंकको खाता प्रयोग ह्याकरहरुले गरेको प्रहरीले जनाएको छ ।

महाशाखामा अनुसार त्यसरी विदेशी ह्याकरहरुले ह्याक र ठगी गरेको रकम नेपालका एजेन्टहरुलाई १५ देखि २० प्रतिशत दिने गरेका थिए । भने बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ठगि बाट उनिहरुले हालसम्म १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको समेत तथ्य फेला परेको छ ।

नेपालका बैंक तथा वित्तीय संस्था ह्याक गर्नका लागि ४० नेपाली एजेण्टहरुले सो परिचालित गरेका थिए।  ।साथै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एक जनाले ६ वटासम्म खाता खोलेका थिए । उक्त गिरोहबाट धेरै नेपाली लुटिएका छन् । ति मध्ये १५ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?