मन्त्री नेम्बाङद्वारा स्वकीय सचिवालय गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आफ्नो स्वकीय सचिवालय गठन गर्नु भएको छ । सचिवालयमा प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिनेश खतिवडालाई दिइएको छ । खतिवडा साविक नेकपा एमाले पाँचथर काठमाण्डौं सम्पर्क मञ्चका उपाध्यक्ष हुन् ।

त्यस्तै, स्वकीय सचिवमा गणेश योङहाङ र कल्पना वाइवालाई नियुक्त गरिएको छ । योङहाङ साविक नेकपा एमाले पाँचथरका पूर्व सदस्य हुन भने वाइवा साविक एमाले जिल्ला सदस्य तथा अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य हुन ।

सचिवालय गठन भएकाले मन्त्रालयको काम थप प्रभावकारी रुपमा अघि बढ्ने मन्त्रीका प्रेस संयोजक सन्दिप राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?