न्यायाधीश नियुक्ति सिफारिसको लागि न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशको रिक्त पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद्को बैठक बस्न लागेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बुधबार बैठक बस्न लागेको हो । उक्त बैठकले न्यायाधीश नियुक्तिको टुंगो लगाउने बुझिएको छ।

न्यायाधीश सिफारिसको संभावित सूचीमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय हरिकुमार पोखरेल र कुमार चुडाल, अधिवक्ता डा डिल्लीमणी पोखरेल र पदम वैदिक हुँनुहुँन्छ ।

न्यायाधीस पाउने आसमा न्यायपरिषद्का सदस्य पदम वैदिकले एक साताअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनु भएको थियो । वैदिकको राजीनामा दिएपछि न्यायधीस नियुक्तिको विषयलाई लिएर विवाद भएको थियो।

न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा बनाउन लागिएकोमा नेपाल बार एशोसियशन र नागरिकस्तरबाट विरोध जनाएका थिए । त्यसपछि उक्त विषय रोकिएको थियो ।

बैठकले कसलाई न्यायाधीस बनाउने भन्ने विषयमा टुङ्गो लगाएर सिफारीस गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?