निन्द्रा लागेन ? अपनाउनुहोस् यी टेक्निक !

‘तपाई लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्’ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर को यो भनाई तपाईलाई थाहा छ ?
वाकरले भनेका छन्, पछिल्लो समयका मानिसहरु प्रविधीमा हिमचिम बढाएर आफ्नो निन्द्रा साटिरहेका छन् । तर यसको दिर्घकालीन असर डरलाग्दो छ । मानिसहरुमा निद्रा नपुग्दा शारीरिक धेरै प्रकिया अवरुद्ध हुन्छन् र हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ। दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ। तपाईलाई थाहा छ ? पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ। निन्द्रा नलाग्ने मानिसले के गर्ने ? प्राकृतिक निन्द्राको लागि तपाईले केहि टेक्निक फलो गर्नुपर्छ । जुन विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ ।

-एउटै निश्चित समयमा सुत्ने
-क्याफिन नखाने
-बिहान पर्याप्त घाममा बस्ने
-सकारात्मक सोँच राख्ने
-बेडमा पुगेपछि मोबाईल आफूबाट पर राख्ने नचलाउने
-शान्त रहने
-सन्तुष्ट हुने
-आफूलाई माया र सम्मान गर्ने
-सकेसम्म चाँडै विहानको खानेकुरा खाने
-बिहान मात्रै शारीरिक व्यायाम गर्ने
-नियमित आहारव्यहार गर्ने
-रिस राग लोभ मोह त्याग्ने
-नियमित शारिरीक व्यायाम गर्ने
-सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने
स्लीप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा यी टेक्निक अपनाएमा तपाईको निन्द्रा सम्बन्धी समस्यामा समाधान हुने कुरा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?