काठमाडौं । वनमा घाँस काट्न गएका महिलाहरुलाई जंगली हात्तीको बथानले आक्रमण गर्दा २ जनाको मृत्य भएको छ । आक्रमणमा परि ५ जना घाइते भएका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरूलाई बुधवार बिहान जंगली हात्तीले आक्रमण गरेको हो ।
आक्रमणमा परी मृत्यु हुँनेमा महाकाली नगरपालिका–२ चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको रहेका छन् । जंगली हात्तीको बथानको आक्रमणमा परी दुवै जना महिलाको ज्यान गएको प्रहरीको भनाई छ ।
आक्रमणमा महाकाली नगरपालिका–२ चाँदनीकी २२ वर्षीया सरस्वती ओझा, २० वर्षीया उमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट, सुनिता बिष्ट र ललिता बोहरा घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया