सहि निर्णय कसरी लिने ? ६ कुरा जाने सफलता चुम्न सकिन्छ

काठमाडौं – धेरै मानिसहरु निर्णय लिँदा निकै अल्मलिन्छन् । हतार गर्छन् । अतालिन्छन् या आवेशमा आएर काम बिगार्छन् । अनि फूर्सदमा पछुताउँछन् । तर शास्त्रले सिकाएअनुसारको केहि नीति दिईएको छ जुन पालना गर्दा तपाईको निर्णय सहि सावित हुनेछ ।

नाहङ्कारी च धर्मान्धः शस्त्राणां तत्त्वचिन्तनैः ।
एकं शास्त्रमधीयानो न विद्यात् कार्यनिर्णयम् ।। –शुक्रनीति

– यसको अर्थ हुन्छ, अहंकार, धर्मान्धता, शास्त्रचिन्तनविना र एउटामात्र शास्त्रको प्रमाण लिएर निर्णय गर्नुहुदैन ।
कुनै मानिस एउटा व्यक्ति वा सिद्धान्तलाई मात्रै आदर्शवान् मानेर त्यही सिद्धान्तको रटान लिएर अघि बढ्छ । तर यो नीतिले भनेको छ कि यो गलत हो । समय परिवेश अवस्थाअनुसार यो परिवर्तन हुनसक्छ ।

– कुनैपनि कार्यको निर्णय लिदा समग्र पक्षको विचार गर्नुपर्दछ । एकपक्षी भएर गरिएको निर्णयले जीवनमा उन्नति हुन सक्दैन । तपाई जसको विपक्षी भएर काम गर्न खोज्दै हुनुहुन्छ त्यो पक्षबाहेक अर्को पक्षको दृष्टिकोणबाट समेत विचार पुर्याउनुपर्छ ।

 

-निर्णय लिने व्यक्तिले अहंकारलाई त्याग्न सक्नुपर्दछ । अहंकार भनेको आफूमात्रै राम्रो छु मेरो मात्रै विचार राम्रो छ भन्ने भाव नै हो । अहंकार सही निर्णयको वाधक हो । अहंकारले मानिसको दृष्टि छोपीदिन्छ । के सहि के गलत उसले जान्दैन ।

-शास्त्रीय विषयवस्तुको चिन्तन नगरि गरिएको निर्णय पनि फलदायी हुँदैन । तत्कालका लागि त्यो राम्रो भएतापनि दिर्घकालका लागि त्यो निकै हानिकारक रहन्छ । त्यसैले शास्त्रीय विषयवस्तुको चिन्तन हुनुपर्दछ । यो किसीमको चिन्तनले तपाईको मनमा सकारात्मक उर्जा समेत प्राप्त हुनेछ ।

-स्वविवेक प्रयोग गर्नु : भनिन्छ नि मानिससँग कान दुईवटा छ तर मुख एउटामात्रै । यसको अर्थहो थोरै बोल धेरै सून । यसअर्थ सबैको कुरालाई ध्यानपूर्वक सुन्नुभयो भने कुन ठिक कुन बेठिक तपाईले आफैँ पहिल्याउन सक्नुहुनेछ ।

नहतारिनु  :उखानै छ, जहाँ हतार त्यहाँ लतार । अर्थात् कुनैपनि कुराको बिचार गर्दा, यसरी शास्त्र चिन्तन गर्दा एउटामात्र शास्त्र वा पुस्तकलाई आधार मान्नु पनि गलत हुन्छ । अतः समग्र पक्षको विचार गरेरमात्र निर्णय लिनुपर्छ । यसको निम्ति तपाईले हतारमा निर्णय गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?