शुक्रबारदेखि नारायणघाट–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं । शुक्रबारदेखि नारायणघाट–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

उक्त सडक खण्डको पहिरो रोकथामको बाँकी कामका लागि एक हप्तासम्म सवारी आवगमन रोक्न लागिएको सडक आयोजनाले जनाएको छ ।

मंसिर २७ गतेदेखि २ हप्ताको लागि प्रत्येक दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सवारी आगमनलाई रोकेर काम गर्ने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?