मुक्तिनाथ बैंकको नयाँ व्याजदर सार्वजनिक, मुद्दति निक्षेपतर्फ १० प्रतिशत कायम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक गरिएको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ ।

हाल बैंकले ३ प्रकारका मुद्धती खाता सञ्चालनमा ल्याएको छ । जसमा कम्तीमा ५० देखि ५ हजार सम्म ब्यालेन्स रहनुपर्ने व्यबस्था रहेको छ ।

हाल बैंकले २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बचत अन्तर्गत भने न्यूनतम १।५० प्रतिशत ब्याज तथा अधिकतम ७ प्रतिशतसम्म व्याज तोकेको छ ।

साथै बैंकले ऋणतर्फ पनि ब्याजदर सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ । हाल मुक्तिनाथबाट ऋण लिँदा वाणिज्य बैंकको भन्दा पनि कम ब्याज लाग्ने बैंकले जनाएको छ । अन्य बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने गरेको छ ।

साथै कतिपय वाणिज्य बैंकले त यो भन्दा धेरे पनि व्या लिने गरेको छ । साथै बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?