बस र ट्रिपर एक आपसमा ठोक्किदाँ १२ घाइते एकको अवस्था गम्भीर

बिर्तामोड, ४ माघ । झापाको विर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर एक आपसमा ठोक्किदा १२ जना घाइते भएका छन् बाक्लो हुस्सुका कारण उक्त दुर्घटना भएको हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका थिए दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेमध्ये विर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । अरु घाइतेहरुलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?