निरन्तर गिरावट पछि कस्तो छ सुन चाँदीको बजार ? हेर्नुहोस्

काठमाडौं । निरन्तर गिरावट पछि नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा स्थिरता छाएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ७० हजार ८ सय रहेको थियो । साथै आज पनि मूल्यमा कुनै पनि परिवर्तन नआइ त्यहि मुल्य अर्थात ७० हजार ८ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुृनको मूल्य ७० हजार ५ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ८ सय ३० रहेको थियो ।साथै आज पनि त्यहि मुल्य कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?