जङ्गली हात्तीको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं । सिरहामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर मंगलबार स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले कुल्चिएर बालक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?