धनकुटाको आन्दोलन अराजक बन्दै, क्षेत्रीय प्रशासकको कार्यालय जलाइयो

धनकुटा, ४ माघ- सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै धनकुटाको अवस्था तनावग्रस्त बनेको छ बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको हो । आन्दोलनकारीले विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका छन् प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ। उनीहरुले धनकुटालाई प्रदेश राजधानी बनाउनु पर्ने भन्दै कडा प्रदर्शन गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?