आयोगको स्वायत्ततालाई ख्याल गरेरै सरकारले संघीय कानुन बनाउन लागेको छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्ततालाई ख्याल गरेरै सरकारले संघीय कानुन बनाउन लागेको बताउनु भएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बुधबार राजधानीमा भएको कार्यक्रमममा उहाँले त्यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘आयोगको स्वायत्ततालाई ख्याल गरेरै सरकारले मानवअधिकार आयोगसम्बन्धी संघीय कानुन बनाउन लागेको छ । सरकारले बनाउन लागेको कानुनले आयोगको क्षेत्राधिकारलाई थप प्रष्ट र व्यवस्थित बनाउने छ ।’

थापाले सरकारले आयोगका सिफारिसहरु कार्यान्वयन गर्दै आएको दावी समेत गर्नुभएको छ । कार्यान्वयन हुन बाँकी रहेका मुद्धा पनि कार्यान्वयनको चरणमा रहेको उहाँको जिकिर छ । सरकारले मानव अधिकारसम्बन्धी पाचौं राष्ट्रिय कार्ययोजना तयार पारेकोसमेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?