‘नेपाल लिटरेचर फेस्टिबल’ शुक्रबारदेखी पोखरामा हुने

काठमाडौं । आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण पोखरामा हुने भएको छ । यस वर्षको फेष्टिभल बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गर्न लागेको हो । सोमबार पोखरामा पत्रकार सम्मेलन गरि फेस्टिबल मंसिर २७ शुक्रबारदेखि ३० गतेसम्म पोखराको बाराहीघाट लेकसाइडमा हुने जानकारी गराएको छ ।

फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई उभ्याइने आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले बताउनुभयो । साथै यस वर्षको कार्यक्रममा ९८ प्रतिशत नयाँ वक्तालाइ ल्याइनेपनि बरालले बताउनुभएको छ ।

फेस्टिबल ४ दिनसम्म चल्नेछ । साथै १ सय १० भन्दा बढी वक्ता सहभागी हुने पनि आयोजकको दावी रहेको छ । साथै १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी गराउने लक्ष्य रहेको आयेजकको भनाइ रहेको छ । त्यस्तै फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?