१७ असार २०७९, शुक्रवार

एकसाथ प्रस्तुत हुँदै ७० बढी कलाकार

२०७४,माघ,४,बिहीवार ११:२२

0
Shares

काठमाडौं –‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो सस्करण ४ माघमा राष्ट्रिय नाचघरमा हुँदैछ । लिम्बू समुदायको विशुद्ध यस सांगीतिक कार्यक्रमका लागि तयारी पूरा भएको आयोजक जनाएको छ । यसपटक कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि बरिष्ठसम्मका ७० भन्दा बढी कलाकार एकैसाथ स्टेजमा उत्रँदैछन् याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघर आयोजक रहेको यस विशेष सांस्कृतिक कार्यक्रमका लागि संगीत संयोजन संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राई ‘अन्तरा सांगीतिक समूह’ले गर्दैछ लिम्बू जातीको भाषा, कला, साहित्य र रहन–सहन झल्किने ‘वेस्मा लाङ्योक’ एक मात्र यस्तो कार्यक्रम हो, जहाँ लिम्बूहरुको धाननाच, च्याब्रुङनाच लगायतका मनोरञ्जनात्मक गतिविधि एउटै स्टेजमा हुन्छ आयोजक संस्थाकी अध्यक्ष रुपा आङबुहाङका अनुसार कार्यक्रममा विशुछ गीतसंगीत प्रस्तुत हुनेछ । प्रत्यक्ष गीतसंगीत पस्कनका लागि ३० जना बाद्यबादक स्टेजमा देखिनेछन् । उनीहरुले संगीतकार अशोकले संगीत गरेका लिम्बू भाषाका गीतहरुलाई विभिन्न गायक/गायिकाको साथमा प्रस्तुत गर्नेछन् संस्थाकी अध्यक्ष रुपाले भनिन्, ‘नृत्य र गीतसंगीतका लागि रिहर्सल पूरा भएको छ ।’ कार्यक्रममा अशोकको एकल संगीत रहने जनाइएको छ । यो कार्यक्रम गत वर्षबाट सुरु गरिएको हो । लिम्बू गीतसंगीत तथा कला र संस्कृतिको प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपाले बताइन् ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार ११:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक

काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा

काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई

काठमाडौं । बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ ।

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१