नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नलकटुवा पेस्तोलसहित प्रहरीले एक जना भारतीय नगारिकलाई पक्राउ गरेको छ । प्रहरीले २१ वर्षीय भारतीय नागरिक संजय सिंह पक्राउ गरेको हो । सर्लाहीको बिष्णु गाउँपालिका-२ स्थित सडकबाट सिंहलाइ पक्राउ गरिएकाे हो ।

बाराउधोरण प्रहरी चौकीबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उनको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरिएको थियो । साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?