आगो ताप्दै सुत्ने क्रममा बृद्धको मृत्यु

काठमाडौं । आगो ताप्दै सुत्ने क्रममा खोटाङमा एक बृद्धको जलेर मृत्यु भएको छ ।

ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुसिङगाका ८५ वर्षका लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको बताइएको छ ।

लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा शरिरमा सल्किएर घाईते हुनुभएको थियो ।

शेर्पालाई उपचारको लागि सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बाटौमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?