मुलुकमा अपराध र दण्डहिनता बढ्योः अध्यक्ष शर्मा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताउनुभएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताउनुभएको हो । निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उहाँले बताउनुभएको छ । ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उहाँले भन्नुभयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उहाँले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवशरमा मंगलबार राजधानीमा प्रभातफेरी निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरी सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?