एप्पलले ‘आइफोन ९’ बजारमा ल्याउँदै, कति पर्ला मुल्य?

काठमाडौं । आइफोन निर्माता एप्पलले नयाँ फिचरसहितका आइफोनहरु बजारमा ल्याइरहेको छ । यसै क्रममा कम्पनीले सन् २०१७ मा आइफोन ८ बजारमा ल्याएको थियो । सामान्यतया कम्पनीले एक पछि पछिल्लो नम्बरमा फोन बजारमा ल्याउने गर्दछ । तर कम्पनीले आइफोन ८ पछि एकैपटक आइफोन एक्स सार्वजनिक गरेको थियो । बजारमा आइफोन नाइन उपलब्ध थिएन । तर अब भने कम्पनीले नयाँ विशेषतासहित आइफोन नाइन ल्याउन लागेको छ ।

एप्पलले ल्याउन लागैको उक्त आइफोन अहिले सम्मकै सस्तो मूल्यको हुने समाचार एजेन्सीहरुले जनाएका छन् ।

कम्पनीले ल्याउन लागेको सस्तो मोडेलको आइफोनको नाम आइफोन एसइटू हुने समाचार एजेन्सीहरुले बताएका थिए । तर पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको कम्पनीले जनाएको छ ।

साथै नयाँ डिभाइसको डिजाइन भने आइफोन ८ को जस्तै हुनेछ । यद्यपि यसको आन्तरिक डिजाइन चाहिँ आइफोन ११ सिरिजबाट प्रभावित हुनेछ ।

आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ । जसमा टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहने समाचार माध्ययममा जनाइउको छ । त्यस्ते नयाँ आइफोनमा ३.५ एमएमको हेडफोन ज्याक हुनेछैन ।

कम्पनीका अनुसार सस्तो मूल्यमा एप्पलको सबैभन्दा पछिल्लो सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागिएकधो हो ।

नयाँ आउन लागेको आइफोन नाइनमा आइफोन ११ मा जस्तै ए १३ बायोनिक चिप रहनेछ। ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी हुने आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १३ हुने पनि कम्पनीले जिनाएको छ ।

नयाँ आउने आइफोन नाइनको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने समाचार एजेन्सीमा बताइएको छ । साथै २०२० को पहिलो त्रैमासिक भित्र नै आइफोन नाइन सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?