‘नेपाल आइडल’ सिजन–३ पुस ३ गतेबाट

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ पुस ३ गतेबाट प्रशारणमा आउने भएको छ । नेपालको सिङ्गिङ रियालिटी साे ‘नेपाल आइडल’ सिजन–३ पुस ३ गतेबाट प्रशारण हुने आयोजकले जनाएको छ ।

सिजन–३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेका छन् । यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् ।

यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।

‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?