पुरुष फुटबल : खाता खोल्यो नेपालले

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले १-० गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालमा नेपाल र भुटान स्वर्णका लागि भिड्दैछन् । नेपालका लागि अभिषेख रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?