१७ असार २०७९, शुक्रवार

मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन

२०७४,माघ,४,बिहीवार १०:५२

0
Shares

मोरङ, ४ माघ – मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा बारुण यन्त्र छैनन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अरू जिल्लाका दमकल बोलाउनुपर्छ जिल्लामा गत वर्षको पुसदेखि हालसम्म एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ वटा घर पूर्णरुपमा नष्ट भए । प्रहरीका अुनसार उद्योग र व्यापारिक क्षेत्र गरेर सात ठाउँमा भएको आगलागीले क्षति भएको छ त्यसैगरी, सामुदायिक स्कुल एवम् वनमा पनि आगलागी भएका छन् । आगोमा परेर चार जनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । ती घटनामा २७ चौपाया मरे भने पाँचवटा घाइते भए । आगोले करिब २६ करोडको क्षति भयो । मोरङको विराटनगर महानगरपालिका र सुन्दर हरैचा नगरपालिकासंग मात्र बारुणयन्त्र रहेका छन् ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार १०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरु मापदण्ड विपरित रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि छ। योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको

मुगु । कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१