ट्रक र कारसंग मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् ।

सडक छेउमा रोकीराखिएको ना ५ ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसंग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?