विवाह रोक्न जग्गेमै पुग्यो प्रहरी, दुई वर्षमा २ सय १५ बालविवाह रोकिए

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ ।

नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् ।

विगत दुई वर्षमा नगरपालिकाभित्र २१५ बालविवाह रोकिएको मनोविमर्शकर्ता एवं महिला अधिकारकर्मी बनिता कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?