धर्म मिल्दैन भन्दै प्रेमीको छुटिने प्रस्ताव, भेट्न बोलाएर प्रेमिकाद्वारा लिङ्ग छेदन !

भनिन्छ प्रेम बिना संसार चल्दैन । संसार नै प्रेममा टिकेको हुन्छ । चाहे त्यो प्रेम परिवारप्रतिको होस् या समाज नै किन नहोस्, चाहे त्यो प्रेम प्रकृतिसँगको होस् या प्रेमीप्रेमिकाको बीचमा नै किन नहोस् संसार जसरी चले पनि आखिर प्रेममै चलेको हुन्छ । अरु प्रेमको कुरा छाडेर एकैछिन प्रेमी प्रेमिकाबीचको प्रेमको कुरा गरौँ । हिजो युवायुवतीहरु प्रेम भन्दा पनि प्रेमको नाममा बदनाम गर्छन् । कतै प्रेमीबाटै प्रेमिकामाथि सामुहिक बलात्कार त कतै प्रेमीले प्रेमिकाको हत्या गर्यो अनि कतै प्रेमिकाले प्रेमीको हत्या गरिन् भन्ने समाचाहरु छ्याप्छ्याप्ती सुनिन् थालेका छन् आजकाल । प्रेमलाई अपराध गर्ने प्रमुख हतियारको रुपमा लिन थालेका छन् युवापुस्ता । प्रेमको नाममा ठुला ठुला अपराध गर्ने दलदलमा फसेका छन् हिजोआजका युवापुस्ता ।

काठमाडौंको कपनमा पनि एउटा डरलाग्दो र क्रुर घटना घटेको छ । प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएको घटना बाहिरिएको छ । काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेको बाहिरिएको हो ।

भएको के हो ?
पछिल्लो एक सातायताउनीहरुबीच सम्बन्धमा खटपट आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच फोन सम्वाद समेत बन्द भएको थियो । सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाइन् र त्यसैबखत चक्कु प्रहार गरि प्रेमीको लिङ्ग छेदन गरिदिइन् ।

प्रहरीका अनुसार, ‘‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन् । फरक–फरक धर्म मान्दा रहेछन् । उनीहरु प्रेम सम्बन्धमा पनि थिए । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन् ।’’

ती युवतीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजीवको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?