कोहलपुरमा निषेधाज्ञा हटाइयो, डीएसपी फेरिए

 

काठमाडौं ।  कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा मंगलबारबाट हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा आज १०ः३० बजे हटाइएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिनुभएको छ । त्यहाँ जिल्लामा रहनुभएका डीएसपी शिवबहादुर सिंहलाई पठाइएको छ ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियारसहित पक्राउ गरेको घटना र तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा मुछिनुभएको थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?