काठमाडौं । रामेछापमा नेपाली सेनाको गाडी र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटर साइकल चालक १४ वर्षका सुशिल तामाङको ज्यान गएको प्रहरीको भनाई छ । उनको घटना स्थलमै मृत्युभएको छ ।
बिहान १० बजे नयाँ गोरख गण रामेछापको बा१ग १०७० नम्बरको गाडी र बा३८प ३९४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा १३ वर्षीय रामकृष्ण तामाङ घाइते भएको छन् । तामाङको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
सेनाको गाडी चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया