साना व्यवसायीका लागि सिद्धार्थ बैंकको सरल कर्जा योजना

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले मझौला तथा साना व्यबसायलाइ लक्षित गर्दै सरल एसएमई कर्जा योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत व्यबसायीहरुले अब ७५ हजारसम्मको कर्जा सुविधा सहजरूपमा प्राप्त गर्न सक्नेछन् । सरल एसएमई कर्जा सुविधाले साना तथा मझौला व्यबसायीहरुको पहुँच बृद्धि गर्दै व्यबसाय विस्तारको लागि यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ । विशेषगरी पर्यटन, कृषि तथा महिला उद्यमीहरुका लागि लक्षित उक्त योजना सञ्चालन गरिएको हाे ।

एसएमई कर्जा योजना अन्तर्गत पुर्व भुक्तानी शूल्क नलाग्ने, चालू पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा, दश वर्षसम्मको आवधिक कर्जालगायतका सुविधा रहेको पनि बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुका लागि नयाँ नयाँ सुबिधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ठुलो शाखा समेत विस्तार गरिसकेको छ । मुलुकभर हाल बैंकका १७५ वटा शाखा कार्यालयहरु (४ एक्स्टेन्सन् काउन्टरसहित), १९४ एटिएम, १ हजार ६ सय भन्दा बढी पिआएस मेसिन साथै १०१ शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?