अभिनेत्री श्वेताले बिहेको एक वर्षमै ‘डिभोर्स’को घोषणा गर्दै लेखिन् यस्तो स्टाटस !

काठमाडौं । बलिउड अभिनेत्री श्वेता बसु प्रसादले बिहे गरेको एक वर्षमै श्रीमानबाट अलग्गिने औपचारिक घोषणा गरेकी छन्।
एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्मित बनाएकी उनले बिहेको एक वर्षमै श्रीमानबाट अलग्गिन चाहेको बताएकी हुन् ।

अभिनेत्री श्वेताले इन्स्टाग्राममा एक पोस्ट सेयर गरी पति रोहित मित्तलबाट अलग हुने घोषणा गरेकी हुन् ।

उनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखिन्, ‘रोहित मित्तल र म आपसी समझदारीमै अलग्गिने निर्णय गरेका हौं। केही महिनापश्चात् हामीले एक अर्काको भलाइको लागि यस निर्णय गर्न पुगेका हौं।’

‘सबै किताब कभरअनुसार पढिने खालका हुन्नन्। कुनै किताब यस्ता पनि हुन्छन् जसलाई अधुरो छाड्न मजा हुन्छ। धन्यवाद रोहित, यति धेरै याद्गार पलका लागि। र मलाई सधैंभरि प्रेरित गरेकोमा। अब तपाईंको जिन्दगी राम्रोसँग बितोस्। तपाईंको सधैंको शुभचिन्तक।’

श्वेताले अघिल्लो वर्ष फिल्म निर्माता रोहितसँग गोप्य तरिकाबाट बिहे गरेकी थिइन्। उनीहरूको बिहे बंगाली रीतिरिवाज अनुसार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?