जाडोयाममा छालाको हेरचाह : सुख्खा हुनबाट कसरी बचाउने ? टिप्ससहित

काठमाडौं । जाडोयाम सुरु भएको छ । यससँगै तपाईले आफ्नो छाला निकै राम्रो हेरचाह गर्नुपर्छ । किनकी छाला सुख्खा हुनु यो सिजनको प्रमुख समस्या हो । छालाले व्यक्तिको उमेर बताईदिने भएकोले तपाईले आफ्नो छालाको हेरचाह निकै ध्यान पुर्याउनुपर्छ ।
जाडोयाममा छाला कक्रक्क पर्छ र मुलायम कम हुँदा छालामा अनेकन समस्या देखिन सक्छ । छाला ‘नर्मल’ बनाईराख्न के गर्नुपर्छ भनेर हामीले एक सामाग्री तयार पारेका छौं ।
कसरी गर्ने छालाको सुरक्षा ?
-जाडोको समयमा अन्य समय भन्दा बढी मात्रामा मोस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ ।
-साबुन प्रयोग गर्दा मोस्चराइजर भएको चाहिँ छान्नुपर्छ ।
-नुहाएपछि र मुख धोइसकेपछि मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।
-सनक्रिनको प्रयोग गरेर मात्रै घाममा हिँड्नुपर्छ ।
-धेरै तातो पानीले छाला धुनुहुँदैन ।
-धेरै चिसो पानी पनि छालाको लागि राम्रो होईन ।
-भिटामीन सी र जिंकयुक्त खानेकुरा खाँदा छाला नरम हुन्छ ।
-धेरै बेर हिटर ताप्ने, धुँवामा बस्ने, आगो नजिकै गएर ताप्ने गर्नुहुँदैन ।
-दहीले मसाज गर्दा छाला चम्किलो हुन्छ ।

-बजारमा छालाको जतन गर्नको लागि भन्दै विभिन्न प्रकारका महंगा स्किन केयर क्रिम, कोल्ड क्रिम तथा मोस्चराइजर्सहरु पाइन्छ । तर तपाईले आफ्नो छालाको समस्या तथा प्रकृति बुझेर मात्रै क्रिम प्रयोग गर्नुपर्छ । यसका साथै गुणस्तरीय क्लिन्जर र मोइस्चराइजरको प्रयोग गर्नु लाभदायक हुन्छ ।

-सकेसम्म प्राकृतिक तरिकाले घरेलु विधीबाट छाला हेरचाह गर्नुपर्छ । छालाको स्याहारका लागि पनि खानामा हरिया सागसब्जी र गाढा रंग भएका फलफूल छुटाउनुहुँदैन ।

-छालालाई बढीभन्दा बढी हाइड्रेटेड राख्नका लागि अत्याधिक  मात्रामा पानी पिउनु पर्छ ।
-मोइस्चराइजिङका लागि तेल मसाज पनि राम्रो विकल्प हो । नुहाउनुपूर्व नरिवलको तेललेबडी मसाज गर्नुपर्छ ।

मथि उल्लेखित टिप्ससँगै तपाईले आहारव्यहार ठिक राख्ने तथा स्वस्थ्य खाना, नियमित व्यायाम, पर्याप्त निद्रा तथा प्रशस्त मात्रामा पानी सेवन गर्ने, सकारात्मक सोँच राख्ने गर्नु भयो भने छालाको राम्रो हेरचाह हुन्छ । बदामको तेल तथा मिल्क मास्क पनि जाडोमा बढी लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?