आज पनि घट्यो सुन तथा चाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७१ हजार रहेको थियो । तर आज तोलामा २ सयले गिरावट आइ आज प्रतितोला सुनको मूल्य ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ५ रहेको छ ।

त्यस्तै केहीदिन यता चाँदीको मूल्यमा पनि गिरावट आइरहेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले कमि आएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य ८ सय ३५ रहेको थियो ।साथै आजपनि मूल्यमा कमि आय प्रतितोला चाँदी ८ सय ३० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?