प्रिमियर लिग फुटबल : आर्सनलद्वारा वेस्ट ह्याम पराजित

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्यामलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली वेस्ट ह्यामलाई ३८ औ मिनेटमा एन्जिलो ओगबोनाले अग्रता दिलाएका थिए । ग्याब्रियल मार्टिनेलीले आर्सनलबाट डेब्यु गर्दै ६० औ मिनेटमा बराबरी गोल गरे ।

त्यसको ६ मिनेटपछि पेपेले पाहुना टोलीलाई अग्रता दिलाए । ६९ औ मिनेटमा अबुमियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।

जितसंगै आर्सनल २२ अंक सहित तालिकाको नवौं स्थानमा उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?