एन आई सी एशिया बैंकका ग्राहकलाई रेष्टुरेण्टहरूमा १५ प्रतिशत छुट

काठमाडौं । एन आइ सी एशिया बैंक र द्वारिकाज होटेल प्रा।लि बत्तिसपुतली काठमाडौंबिच एक सम्झौता भएको छ । सम्झौता अनुसार एन आइ सी एशियाका ग्राहकहरुले द्वारिकाज ग्रुपका जुनसुकै रेष्टुरेन्टमा पनि अब १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौता बमोजिम बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटेल अन्र्तगतका तोरण रेष्टुरेन्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज रेष्टुरेण्टकै गार्डेन अफ ड्रिमस्थित केइजर क्याफे, पाटन सङग्रालयस्थित पाटन म्युजियम क्याफे मार्फत १० प्रतिशत छुट पाउने छन् । भने बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका तर्फबाट एन आइसी एशियाका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठि तथा द्वारिकाज ग्रुपका तर्फबाट इन्टरनेसनल मार्केटिङ्ग एण्ड कम्युनिकेशनकी म्यानेजर सुनिता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

आम मानिसका लागी उत्तरदायी बैैंकिङ्ग अभ्यास गर्दै आएको एन आइ सीले प्रत्यक्ष । अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व बुझाएको थियो । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।

साथै बैंक तथा वित्तीय संस्था नपुगेका मुलुकका ३४ भन्दा बढि स्थानिय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ ।

एन आइ सी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३१० शाखा कार्यालयहरु, ४०१ एटिएम, ९३ वटा एक्सटेन्सन काउन्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?