एन आई सी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं । एन आइ सी एशिया बैंकको सहायक कम्पनी एन आइ सी एशिया लघुवित्त वित्तीय संस्थाको दास्रो साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष अर्जुन खानियाको अध्यक्षतामा मंसीर २३ गते सोमबार ट्रेड टावर थापाथली काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन आर्थिक वर्ष २०७५/७६ को विवरण समेत पारित गरेको छ । साथै नियमक निकाय लगाएतका कार्यालयहरुबाट आवस्यक स्वीकृती प्राप्त गरेपछि मात्र सर्वसाधारणहरुलाइ प्राथमिक सेयर निष्काशन निर्णय समेत गरेको छ ।

साथै संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । ढकाल हाल बैंकको सहायक कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो ।

उक्त लघुवित्तले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरि वित्तीय पहुँच नपुगेको ठाँउका मानिसहरुलाइ सुविधा उपलब्ध गराउँदै आइरहेको छ । साथै संस्थाले मुलुकका १९ जिल्लामा ६१ शाखा कार्यालयहरु स्थापना गरि विपन्न वर्गहरुलाइ वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाको ३९ औँ सञ्चालक समितिको बैठकमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमक विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आइ सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमक विभागका निर्देशक देव कुमार ढकाल लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?