अध्यक्ष ओलीद्वारा ल्होछारको शुभकामना

काठमाडौँ, ४ माघ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन आज दिएका एक शुभकामना सन्देशमा अध्यक्ष ओलीले सोनाम शब्दले खेतीपातीसँग पुण्यकार्यको अर्थ पनि बुझाउने हुनाले यसलाई सोनाम (कृषक) ल्होछार भन्ने गरिएको बताएका छन । नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना आफ्नै संस्कृतिहरु छन् । एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने हाम्रो परम्परागत प्रचलन रहेको उनले बताएका छन नेपालको जातीय सद्भावलाई बिथोल्न केही समय अगाडि धेरै प्रयास भए । तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाए । जातीय एकता, धार्मिक सहिष्णुता नेपालका पहिचान हुन् । यसको संरक्षणमा सबैको ध्यान जानु जरुरी हुन्छ, सन्देशमा उल्लेख छ मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको छ । त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ । देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताएका छन पौडेलद्वारा पनि शुभकामनायसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन आज एक शुभकामना सन्देश दिँदै वरिष्ठ नेता पौडेलले विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यस प्रकारका चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ पार्नसमेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लास एवम् आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?