वीरगंजमा बन्द कोठाभित्र सडेको अवस्थामा आमाछोरीको शवः मृतकका पति फरार

काठमाडौं – वीरगंज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा निकै कारुणिक घटना भएको छ । सोमबार राति बन्द कोठाबाट दुर्गन्ध फैलिएपछि खोजतलास गर्दा डेरा गरी बसेका परिवारका आमाछोरीको शव बन्द कोठाभित्रै सडेको अवस्थामा फेला परेको हो । शव कुहिएर दुर्गन्ध नै आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुरका स्थायी बासीन्दा पवन साहको २५ वर्षीय श्रीमती र दुई वर्षीय छोरीको शव मुर्ली, नयाँ टोलस्थित डेरामा फेला परेको हो ।

उनीहरु स्थानीय मोहन झाको घरमा डेरा गरी बस्दै आएका थिए । मृतकका पति पवन फरार छन् ।

हत्यापछि शव छोडेर भागेको हुनसक्ने आशंका प्रहरीको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ।

फरार पवनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय त्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?