ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु, ४ माघ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको मृत्यु भएको हो ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए । ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?