नेकपा (क्रान्तिकारी माओवादी)ले वार्ता टोली बनाउने

काठमाडौँ, ४ माघ । नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न समूहमा विभक्त माओवादी विचारका पार्टीहरुसँग एकताका लागि आधार तयार गर्न वार्ता टोली बनाउने निर्णय गरेको छ सो पार्टीको सोमबार र मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकता र कार्यगत एकतालाई अघि बढाउने निर्णय गरेको महासचिव मोहन वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ विज्ञप्तिमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ विज्ञप्तिमा भनिएको छ, ‘यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ ।’ती पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय भएको पनि महासचिव वैद्यले जानकारी दिएका छन् हालै वीरगञ्ज महानगरपालिकाको छपकैयामा ५०औँ बिघा जमिन मिचेर सीमास्तम्भ सारिएकोप्रति माओवादीले भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसित माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?